कर्पोरेट

नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष स्थापना

इकागज |
फागुन २१, २०७९ आइतबार १९:४ बजे

काठमाडौं– एभरेष्ट बैंकले अमर तथा सहिद प्रहरीका सन्तती पढाउन अक्ष्यकोषको स्थापना गरेको छ । बैंकले एक कार्यक्रमका बीच संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल पुलिस स्कुलहरुमा अध्ययन गरी उत्कृष्ट अंक प्राप्त गरेकाहरुका लागि कोषको स्थापना गरेको हो ।

नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ पच्चीस लाख रुपैयाँका कोषलाई “नेपाल प्रहरी– एभरेष्ट बैंक अक्षय कोष” नाम दिइएको छ । कोष स्थापना गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङको उपस्थितिमानेपाल प्रहरी प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक श्री केशव राज पौडेलले सहमतिपत्रमा हस्ताक्षर गरे। 


सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर तथा सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जीवन उन्नत बनाउने विश्वास व्यक्त गरे । 

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापना काल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० ब्त्ः सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।


Author

थप समाचार
x