कर्पोरेट

एनएमबि बैंकद्धारा डस्टविन बितरण

इकागज |
फागुन २१, २०७९ आइतबार १९:२१ बजे

काठमाडौं– एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत झापाकोे धुलाबारीमा १०० वटा डस्टविन वितरण गरेको छ । 

उक्त सहयोग सो समुदायको विद्यालयको सरसफाई तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उदेश्यका साथ त्यस क्षेत्रका ९ वटा साना तथा ठूला सामुदायिक बिद्यालयमा वितरण गरिएको हो । उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो ।


सो कार्यक्रममा बैैकको तर्फबाट एरिया प्रमुख नरेन्द सुवेदी, सिनियर बिजनेस म्यानेजर प्रमोद शर्मा र धुलाबारी शाखा प्रबन्धक  भरत शर्मा खरेलको उपस्थिति थियो ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
 


Author

थप समाचार
x