कर्पोरेट

टिभिएसले ल्यायो आकर्षक नयाँ सफर बिना कर अफर

इकागज |
असार ११, २०८० सोमबार ११:५४ बजे

काठमाडौं – दुई पाङ्ग्रे सवारी साधन कम्पनी टिभिएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरि “नयाँ सफर बिना कर अफर” सार्वजनिक गरेको छ  । यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नु पर्ने खरिद वर्षको सडक कर र अर्को एक बर्षको सडक कर टिभिएस आफैले तिर्नेछ । 

टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर देश भित्रका सबै ठाउँ लागू गरिसकेको छ जसले गर्दा प्रयोगकर्ताहरु दुई बर्षको कर तिर्नु पर्ने झन्झटबाट मुक्त भएका छन् भने आर्थिक हिसाबले पनि फाइदामा परेका छन् । यस बाहेक टिभिएसले आफ्ना बाइक र स्कुटरको खरिदलाई सहज बनाउनका निम्ति आकर्षक फाइनान्स सुविधा पनि ल्याएको छ जस अन्तर्गत २५ प्रतिशतको डाउन पेमेन्ट र शुन्य प्रतिशत ब्याजदरमा टिभिएसका बाइक र स्कुटर खरिद गर्न सकिनेछ  । 


जगदम्बा मोटर्स प्रा लि नेपालमा टिभिएसका दुई पाङ्ग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। नेपालभर १५० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मन मस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । 


Author

थप समाचार
x