कर्पोरेट

मुटुरोगीलाई फोकस गरी नर्भिकमा निःशुल्क ओपिडी हुने

इकागज |
असार १३, २०८० बुधबार १४:३९ बजे

काठमाडौँ– थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार फ्रि कार्डियोलोजी ओपिडी हुने भएको छ । 

गत शनिबार अस्पतालका मुटुरोग विशेषज्ञ (कन्सलट्यान्ट कार्डियोलोजिष्ट) डा. शिवजी सिलवाल नेतृत्वको टिमले निःशुल्क कार्डियोलोजी ओपिडी सञ्चालन गरेको थियो ।


सर्वसाधारणहरूको अत्यधिक सहभागिता र मागका कारण डा. सिलवालको टिमले आगामी शनिबार पनि पुनः मुटुरोगसम्बन्धी निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको हो । 

शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म निःशुल्क ओपिडी सञ्चालन हुने अस्पतालले एक विज्ञप्ति जारी गरी जनाएको छ । 

निःशुल्क ओपिडीमा सहभागिताका लागि अस्पतालको ल्याण्डलाइन नम्बर ०१५९७००३२ र मोवाइल नम्बर ९८८०८८८००० मा सम्पर्क गरी आफ्नो नाम टिपाउन सकिने अस्पतालले जनाएकाे छ । 

नेपालीहरूमा पछिल्लो समय मुटुसम्बन्धी समस्या बढ्दो छ । यही कुरालाई मध्यनजर गरी फ्रि कार्डियोलोजी ओपिडी सञ्चालन भइरहेको हो । 


Author

थप समाचार
x