कर्पोरेट

‘जन्तो’का घरेलु उत्पादनहरू सार्वजनिक

इकागज |
असोज १, २०८० सोमबार १२:१७ बजे

काठमाडौँ- प्रसिद्ध भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रा. लि. ले नेपालमा आफ्नो नयाँ उत्पादन 'जन्तो'को आगमनको घोषणा गरेको छ । शनिबार हायात रिजेन्सी, बौद्ध, काठमाडौँमा आयोजित एक प्रतिष्ठित कार्यक्रममा जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयर जस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरु सार्वजनिक गरिएको थियो ।

युनाइटेड र युकुक व्राण्डका विभिन्न सामग्रीहरु पनि प्रदर्शनमा राखिएको थियो । नेपाली भान्सामा जन्तोका उत्पादनहरुले उच्च स्थान पाउने साथै भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफको भनाइ छ ।


कार्यक्रममा डिलरहरुलाई सम्मान तथा रिटेलरहरुलाई चाडवाडको अवसरमा सर्पाइज कोसेलीको पनि व्यवस्था रहेको थियो । नेपालको लागि आधिकारिक एकल वितरक रेसुङ्गा इन्टरकन्टिनेन्टल प्रा. लि.को माध्यमबाट विभिन्न डिलर र रिटेल पसलहरु मार्फत जन्तोका उत्पादनहरु बजारमा उपलब्ध हुने बताइएको छ ।

वर्षौंदेखि, भारत, नेपाल, क्यानडा, युके, मरुसिस, फ्रान्स, आदि देशहरुमा रहेका उपभोक्ताहरूले युनाइटेड एकता इन्जिनियरिङ प्रालिलाई विश्वास गर्दै युनाइटेड, युकुक र हाल जन्तो व्राण्डका उत्पादनहरु रुचाउँदै आएका छन् ।


Author

थप समाचार
x