समाज

भारतमा काम लगाइदिने नाममा ठगी

इकागज |
बैशाख १८, २०८१ मंगलबार १८:५३ बजे

हेटौंडा- भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको छबिसपाथीभेरा गाउँपालिका-४ का सन्तोष थापा रहेका छन् ।

उनलाई विभिन्न मितिमा भारतमा राम्रो आम्दानी हुने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 


२५ वर्षीय थापा भारतमा राम्रो आम्दानी हुने काम लगाइदिन्छु भन्दै मकवानपुरको बकैया गाउँपालिका-५ का वर्ष २६ का सुरेश थिङसँग दुई लाख चार हजार २८९ र चितवनको राप्ती नगरपालिका-४ भण्डाराका वर्ष २९ का रोशन घिमिरेसँग एक ९२ हजार गरी तीन लाख ९६ हजार २८९ रुपैयाँ लिई भारतको मुजफ्फरपुरमा लगेर भने बमोजिमको काममा नलगाई भागेका थिए । 

सन्तोषलाई खोजतलासको क्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट पक्राउ गरी मकवानपुर जिल्ला अदालत हेटौंडाबाट आठ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x