कर्पोरेट

केटीएम मोटरसाइकलको सोरूम धोबीघाटमा

इकागज |
असोज २७, २०८० शनिबार १३:४५ बजे

काठमाडौं- हंसराज हुलासचन्द एण्ड कम्पनीअन्तर्गतको केटीएम मोटरसाइकलको आधिकारिक बिक्रेता बाइकर डिपो प्रा.लि.ले ललितपुरभरको डिलरसिप आजदेखि सुरु भएको छ । 

ललितपुर जिल्लाभरका लागि नियुक्त उक्त डिलरका सञ्चालकहरूमा तीन जना युवाहरू विशाल केसी, सतिश श्रेष्ठ र सुसन बज्राचार्य छन् । उक्त डिलरसिपको उद्घाटन आज शनिबार गरिएको हो । 


उक्त डिलरमा पाँच लाख ६५ हजारदेखि १० लाख रुपैयाँसम्मका केटीएम मोटरसाइकलहरू राखिएका छन् । २००, २५० र ३९० सीसीका ती मोटरसाइल खरिद गर्न ५० प्रतिशतसम्म सहज फाइनान्सको सुविधा रहेको कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x