कर्पोरेट

रमेश कर्प र बोनजोय ट्राभलले गर्‍यो ट्राभल सेवा उत्कृष्ट बनाउने समझदारी

इकागज |
मंसिर २०, २०८० बुधबार १४:१४ बजे

काठमाडौँ- रमेश कर्पले मंसिर १९ गते प्रतिष्ठित ट्राभल एजेन्सी बोन्जोय ट्राभल प्रा.लिसँग समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको  छ । उक्त सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभल प्रा.लिसँगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाउने बताएको छ ।

यस समझदारीपत्र –(एमओयू) को मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरूको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बढी उन्नत बनाउने जनाएको छ । यो रणनीतिक साझेदारी विशेष गरी निर्वाध र समृद्ध यात्रा र सर्वोत्कृष्ट यात्रा–सम्बन्धित सेवाहरू प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।


हाम्रा सेवाहरू झण्झट–मुक्त टिकटिंग सुबिधाहरू, निपुण भिसा सहायता, विचारपूर्वक बनाइएको टूर प्याकेजहरू, र सुविधाजनक होटल बुकिंगहरूदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा, र व्यक्तिगत बैठक र अभिवादन सेवाहरूसम्म रहेका छन् ।

सञ्जय अग्रवाल, कार्यकारी निर्देशक रमेश कर्पले सहकार्यको बारेमा भन्छन् 'हाम्रा हितग्राहीहरूलाई अनुपम सेवाहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धतामा, हामी बोन्जोय ट्राभल प्रा. लिसँग हात मिलाउन पाउँदा हर्षित छौं । यो रणनीतिक साझेदारीले हाम्रा कर्मचारी र ग्राहकहरूको यात्राको अनुभवलाई सरल र उत्साहजनक बनाउने हाम्रो दृष्टिकोणसँग मेल खान्छ । ट्राभल उद्योगमा बोन्जोय ट्राभलको विशेषज्ञताले उनीहरूलाई हाम्रा लागि एक आदर्श साझेदार बनाउँछ ।'


Author

थप समाचार
x