कर्पोरेट

'एकीकृत व्यापारी व्यवस्थापन प्रणाली' सञ्चालनका लागि त्रिपक्षीय सम्झौता

इकागज |
पुस २, २०८० सोमबार १८:१४ बजे

काठमाडौँ- माछापुच्छ्रे बैंक लि, नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स लिमिटेड (नेप्स) र सिटीटेकले पौष २ गते “Unified Merchant Management Systems (MMS)” 'एकीकृत व्यापारी व्यवस्थापन प्रणाली' Getpay (गेट पे) सञ्चालन गर्नको निमित्त त्रिपक्षीय सम्झौता गरेका छन् । उक्त सम्झौतापत्रमा नेप्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बा, सिटीटेकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत साजन शर्मा र माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका थिए ।

नेप्स र सिटीटेकको सहकार्यमा विकास गरिएको गेट पे नामक MMS सञ्चालनमा आइसकेपछि हाल छरिएर रहेका विभिन्न भुक्तानी उपकरण र सञ्जालहरूलाई बैंक र व्यापारीहरूले एकीकृत रूपमा व्यवस्थापन गर्न सक्नेछन् ।


सम्झौताले व्यापारीहरूको हाल भुक्तानी उपकरण तथा सञ्जालसँग अलग अलग रजिष्ट्रेसन तथा व्यवस्थापन गर्नुपर्ने प्रक्रियालाई सरलीकृत गर्दै एकै प्लेटफर्म मार्फत सो कार्य गर्ने क्षमता प्रदान गर्नेछ । यसका साथै हाल प्रचलनमा आइरहेका सबै भुक्तानी उपकरणहरू तथा सञ्जालहरूलाई समेटी एकै प्रणालीबाट बैंक तथा व्यापारीहरूलाई सेवा लिन र दिन सहज हुनेछ भने कारोबारी र कारोबारसँग सम्बन्धित महत्वपूर्ण डाटाहरूको पहुँच र नियन्त्रण बैंक तथा व्यापारीहरूमा पुग्ने, पटक पटक व्यापारीको रजिष्ट्रेसन र व्यवस्थापन गर्नुपर्ने हालको झन्झटिलो प्रक्रियाको समाधान हुने र व्यापारीहरूलाई बैंकहरूले अझ परिष्कृत सेवाहरू प्रदान गर्न सहज हुने लगायतका विशेषता गेट पे मा रहेका छन् ।

सम्झौतापछि तीनै पक्षले सकेसम्म चाँडो यसलाई प्रयोगमा ल्याउने र नेपाली भुक्तानी जगतमा नयाँ आयामको रूपमा थपिने दाबी गरेका छन् ।


Author

थप समाचार
x