कर्पोरेट

यति ब्रुअरीले साधारण शेयर निष्कासन गर्दै

इकागज |
माघ ४, २०८० बिहीबार ९:२६ बजे

काठमाडौँ- यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सञ्‍जीव सर्राफ र एनआइएमबि एस क्यापिटल लिमिटेडका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।


अटल कम्प्लेक्स उत्तरढोका, लाजिम्पाट, काठमाडौँमा रजिष्टर्ड कार्यालय रहेको यति ब्रुअरी लिमिटेडको ब्रुअरी फ्याक्ट्री खैरहनी नगरपालिका वडा नं. ४ चितवन जिल्लामा अवस्थित छ । यति ब्रुअरी लिमिटेडले हाल अर्ना, यति, वाईबी, शिखरलगायत किंगफिसर जस्ता चर्चित ब्राण्डका बियर बोतल तथा क्यानमा उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

उक्त सम्झौता अन्तर्गत एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा बुक बिल्डिङ्ग विधिमार्फत यति ब्रुअरी लिमिटेडको साधारण शेयरहरू सार्वजनिक निष्काशन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण कार्यहरूमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको सेवा प्रदान गरिनेछ ।


Author

थप समाचार
x