कर्पोरेट

शाओमीको बजेट मैत्री रेड्मी १३ सि स्मार्टफोन नेपालमा

इकागज |
माघ ४, २०८० बिहीबार १४:४ बजे

काठमाडौँ- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी १३ सि लन्च गरेको छ । मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरसहित उपलब्ध यस नयाँ रेड्मी १३ सी ले उत्कृष्ट डिजाइन र अत्याधुनिक प्रविधिको संयोजनको साथ ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीले  जनाएको छ ।

शाओमीले रेड्मी १२ सिको सफलताको रूपमा आफ्नो नयाँ इन्ट्री–लेभल स्मार्टफोन रेड्मी १३ सि लिएर आएको हो । “रेड्मी १३ सि को स्टाइलिस डिजाइन र अत्याधुनिक प्रविधिले स्मार्टफोनको बजारमा नयाँ स्ट्यान्डर्ड तय गर्नेछ भन्ने हामीलाई विश्वास लिएका छौँ । इनोभेसन, स्टाइल र पर्फमेन्सको उत्कृस्ट मिश्रण प्रदान गर्ने लक्ष्यलाई हामीले रेड्मी १३ सि मा पनि कायम राखेका छौँ” शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीज्यु ले भने ।


प्रोसेसिङ पावर र स्टोरेज कन्फिगरेसन
रेड्मी १३ सि १२ एनएमको प्रोसेस र मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा सञ्‍चालित छ जसले स्मुथ पर्फरमेन्स सुनिश्चित गर्दछ । रेड्मी १३ सि ६ जिबी + १२८ जिबी र रेड्मी  सि –श्रृङ्खलामा पहिलो पटक– ८ जिबी+२५६ जिबी भेरिएन्टहरुमा उपलब्छ छ ।

स्लिक डिजाइन र डाइमेन्सन
रेड्मी १३ सि १६८ एमएमको लम्बाई, ७८ एमएमको चौडाइ, ८.०९ एनएमको मोटाई  तथा १९२ ग्राम तौलमा उपलब्ध छ । 

उत्कृष्ट डिस्प्ले
रेड्मी १३ सि १६००*७२० को रिजोल्युसनको साथ ६.७४ इन्चको डट ड्रप डिस्प्लेमा उपलब्ध छ जसले ४५० निट्स (टाइप) र ६०० निट्स एचबीएमको ब्राइटनेसको साथ सुन्दर डिस्प्ले प्रदान गर्दछ । यसको डिस्प्लेले ९० हर्ट्जसम्मको रिफ्रेस रेट समेत प्रदान गर्दछ ।

उत्कृष्ट क्यामेरा फिचर
रेड्मी १३ सि मा ५० मेगापिक्सेलको एआई ट्रिपल  क्यामरा रहेको छ। यसै गरी  फोनमा  नाइट मोड, पोट्र्रेट मोड, ५० मेगापिक्सेल मोड र टाइम–ल्याप्सहरु जस्तै उत्कृष्ट क्यामरा फिचरहरु पनि उपलब्ध छ ।  यसको रियर क्यामराले १०८० पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसको भिडियो रेकर्डिङ सपोर्ट गर्दछ । साथै यसको ८ मेगापिक्सेलको फ्रन्ट क्यामाराले पनि  १०८०  पिक्सेल र ७२० पिक्सेल मोडमा ३० एफपिएसमा  भिडियो रेकर्डिङ गर्दछ ।

लङ लास्टिङ ब्याट्री र फास्ट चार्जिङ
रेड्मी १३ सिको ५००० एमएचको ब्याट्रीले १८ वाटको पिडी चार्जिङ र युएसबी टाइप सि सर्पोट गर्दछ । १० वाटको एडाप्टर सहित आउने यस रेड्मी १३ सि लाई कम्पनीले अप्टिमल चार्जिङको लागि १८ वाट वा माथिको एडाप्टर रेकमेन्ड गरेको छ ।

सेक्युरिटी फिचर र कनेक्टीभिटी
रेड्मी १३ सि को साइड फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक फिचरले प्रयोगकर्ताको सुरक्षा सुनिश्चित गर्दछ। साथमा यो स्र्माटफोनमा  एनएफसी कम्प्याटिबिलिटी, डुअल सिम र माइक्रोएसडी सर्पोट तथा ४ जि, ३ जि र २ जि नेटवर्कपनि  उपलब्ध छ ।

उत्कृष्ट अडियो अनुभव
रेड्मी १३ सि मा ३.५ एमएमको हेडफोन ज्याक र एएसी/एसबिसीको सर्पोट सहितको ब्लुटुथ ५.३ उपलब्ध हुन्छ । यो डिभाइस एन्ड्रोइड १३ मा आधारित मी युआई  १४ मा चल्दछ जसले सुविधा सम्पन्न र सहज इन्टरफेस प्रदान गर्दछ ।

नेभिगेसन र पोजिसनिङ
रेड्मी १३ सि ले जिपिएस, ग्लोनास, ग्यालिलियो र बेइडौ सर्पोट गर्दछ जसले गर्दा यसले सटीक नेभिगेसन र पोजिसनिङ प्रदान गर्दछ ।

सेन्सर र अपरेटिङ सिस्टम
रेड्मी १३ सि मा भर्चुअल प्रोक्सिमिटी सेन्सर, एम्बियन्ट लाइट सेन्सर, एक्सेलेरोमिटर र इलेक्ट्रोनिक कम्पास जस्ता विभिन्न सेन्सरहरू उपलब्ध छन्  ।

उपलब्धता 
रेड्मी १३ सि ६+१२८ जिबी र ८+२५६ जिबी को स्टोरेज भेरियन्टमा मिडनाइट ब्ल्याक, नेभी ब्लू र क्लोभर ग्रीन गरी तीन आकर्षक रंगहरूमा उपलब्ध हुनेछ । त्यस्तै ६+१२८ जिबी र ८+२५६ जिबी भेरियन्टको मूल्य रु. १५,९९९ र रु.१८,९९९ रहेको छ । रेड्मी १३ सि माघ ३ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध छ ।


Author

थप समाचार
x