कर्पोरेट

इसेवा स्थापनाको १५ वर्ष : यस्ता छन् १५ दिनका लागि पन्ध्रै अफर

इकागज |
माघ १२, २०८० शुक्रबार १५:२४ बजे

काठमाडौँ- नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार व्यक्त गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवा १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको हो । 

१५ औँ वार्षिक उत्सवको अवसरमा इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले भने, 'हामीलाई यो अवस्थामा आउन सहयोग गर्नुहुने आम इसेवा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, पार्टनर्स बैंक, नियामक निकाय, कर्मचारी साथी,प्रेस र सम्पूर्ण शुभचिन्तकलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु । हामीले आगामी दिनमा इसेवाको मोबाइल एप्स्लाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्स्को रूपमा विकास गर्ने लक्ष्य लिएका छौँ, मलाई आशा डिजिटल नेपालको यो यात्रामा आम नेपालीले साथ दिनुहुनेछ ।'


१५ वर्षको अवधिमा इसेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको छ । यसैगरी परोक्ष रूपमा करिब दुई करोड जनसंख्याले इसेवामार्फत् सेवा लिइरहेका छन् । हाल देशभर करिब २ लाख ३० हजारको संख्यामा इसेवा एजेन्टहरू रहेको कम्पनीले जनाएको छ ।

यसैबीच इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ । यो अफर माघ ११ (जनवरी २५) देखि माघ २५ (फेब्रुअरी ८) सञ्चालनमा रहनेछ । अफर अन्तरगत इसेवा मार्फत कुनै पनि कारोबार गर्ने एक जना भाग्यशाली व्यक्तिले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स टिकट काट्ने १५ जनाले मात्र रु १५ सय १५  मा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् ।

 यस्तै इसेवा केयर खरिद गर्ने मध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले रु १५० सम्मको क्यासब्याक पाइने तथा स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले रु ५ हजारसम्मको क्यासब्याक पाउन सक्नेछन् । इसेवाले यी लगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ । 

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब ४ लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।


Author

थप समाचार
x