कर्पोरेट

के.सी.एल. अस्ट्यूट क्यापिटलमा गरिमा विकास बैंकको ५१.२ सेयर, गरिमा क्यापिटल नामाकरण गरिने

इकागज |
असार ४, २०७८ शुक्रबार १९:६ बजे

काठमाडौँ : गरिमा विकास बैंक र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिडेडबीच सेयर स्वामित्व खरिद गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापश्चात् के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिडेडमा गरिमा विकास बैंक लिमिटेडको ५१.२ प्रतिशत सेयर स्वामित्व कायम भई उक्त कम्पनीलाई  गरिमा बैंकको सहायक (सब्सिडरी) कम्पनीमा रूपान्तरण गरी गरिमा क्यापिटल नामाकरण गरिने भएको छ । 

शुक्रबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिडेडका तर्फबाट कम्पनीका अध्यक्ष दिपक पाण्डेयले हस्ताक्षर गरेका छन् । 
 



Author

थप समाचार
x