कर्पोरेट

होन्डा ग्रेजिया अब बीएमभीआइ मोडलमा

इकागज |
साउन ४, २०७८ सोमबार १२:४६ बजे

काठमाडौं : नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनिले आजदेखि नेपाली बजारमा होन्डा ग्रेजियाको बीएमभीआइ मोडललाई सार्वजनिक गरेको छ ।  आकर्षक र स्टाईलिस लुक रहेको यस १२५ सिसि नयाँ बीएसभीआइ मोडलमा व्यावहारिक फिचरहरू थप गरी पूर्णरुपमा रि–डिफाइन गरिएको छ ।

१५५ एमएम देखि १७१ एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस स्कुटरको स्पिडोमिटरमा माइलेज फिचर उपलब्ध रहेको छ । यस फिचर अन्तर्गत तपाईंहरुले स्कुटरले दिने रियल टाइम माइलेज, एभरेज माइलेजका साथै डिस्ट्यान्स टू एमप्टि जस्ता जानकारी प्राप्त गर्न सकिनेछ ।

होन्डाको पिजिएम(एफआइ (प्रोग्राम फ्यूल इन्जेक्सन) टेक्नोलोजीे प्रयोग भएका कारण यस स्कुटरमा बढी माइलेज र पावर छ । ग्रेजियाको यस नयाँ बीएसभीआइ डिएलएक्स मोडलमा जाम भएको समयमा इन्धनको बचत गर्न सक्छ । नेपाली बजारमा ग्रेजिया बीएसभीआइ डिआरएस मोडलको मूल्य दुई लाख ६९ हजार नौ सय रुपैयाँ र ग्रेजिया बीएसभीआइ डिएसएस मोडलको मूल्य दुई लाख ८९ हजार नौ सय रुपैयाँ  छ ।



Author

थप समाचार
x