कर्पोरेट

ज्योति लाइफ पाँचौ वर्षमा प्रवेश

इकागज |
असोज ९, २०७८ शनिबार ११:५९ बजे

काठमाडौँ - ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चौथो वर्ष पुरा गरि पाँचौ वर्षमा प्रवेश गरेको छ ।

पाँचौ वर्ष प्रवेशसँगै कम्पनीले आफ्नो चार वर्षको यात्रासम्म निरन्तर साथ दिने सबैप्रति हार्दिक धन्यवाद तथा आभार ब्यक्त गरेको छ ।


७३ जिल्लाको विभिन्न भागमा १२३ वटा शाखा संजाल विस्तार गरिसकेको ज्योति लाइफ सर्वाधिक ३५ वटा घातक रोग विरुद्ध ५० लाखसम्मको आर्थिक सुरक्षा दिने एक मात्र कम्पनी हो ।

कम्पनीले विभिन्न १० किसिमका आकर्षक जीबन बीमा योजना जारी गरिसकेको छ । हालसम्म कुल ७ अर्ब लगानी गरेको यस कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा ३.१० अर्ब कुल बिमा शुल्क सहित हालसम्म ६.९० अर्ब कुल बिमा शुल्क आर्जन गरिसकेको जनाएको छ ।

१० हजार भन्दा बढी सक्रिय अभिकर्ता रहेको कम्पनीको ९० हजार भन्दा बढी बिमित छन् । यसैगरी, सर्वसाधारणलाई ६६ करोडको सेयर जारी गरी कुल चुक्ता पुँजी २२० करोड कायम गरेको र ४ अर्बको जीबन बिमा कोष कायम गरेको कम्पनीले जनाएको छ । 


Author

थप समाचार
x