अदालत

न्यायाधीश-वकिल घुस वार्तालाप

'कति, १० करोड ? ठिक छ,  हुन्छ, अप्ठयारो पर्दैन !'

इकागज |
असार ८, २०७९ बुधबार १५:४० बजे

फाइल तस्बिर

काठमाडौँ- काठमाडौं जिल्लाका न्यायाधीश राजकुमार कोइरालाले करोडौँ रकम घुस मागेको अडियो सार्वजनिक भएसँगै न्यायालय पुनः एकपटक विवादमा आएको छ । न्युज २४ टेलिभिजनले गएराति नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्रप्रसाद पोखरेल र काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कोइरालाबीचको अडियो संवाद सार्वजनिक गरेको हो ।

संवादमा सिभिल सहकारीका पूर्वअध्यक्ष ईच्छाराज तामाङलाई धरौटीमा छाड्न भनिएको छ । त्यसमा १० करोड रुपैयाँको रकम प्रस्ताव गरिएको छ । संवादमा एक नम्बरको न्यायाधीशलाई खबर गर्न लगाउने कुरा सार्वजनिकसमेत भएको छ ।


अधिवक्ता पोखरेलः एक नम्बरको न्यायाधीशलाई खबर लगाइदिन्छु । हजुरलाई खबर गर्न लगाउँछु । काम नगर्ने भए मेरो वचन किन खेर फाल्नु भन्नु न त? यस्तो अवसर आउँदैन । मानिसहरू कत्रो कत्रो काम गरेर बसेका छन् ।

न्यायाधीशः त्यो त हो के हो के के हुन सक्छ ।

अधिवक्ता पोख्रेल : तपाइले छोड्नुभयो तपाइले गरेको भन्ने हुन्छ । ती मान्छे र तामाङको साम्राज्य सकिन्छ । यो मुद्दा अभियोग पत्र लगेर हेर्दा कुनचाहिं माइकलालले पैसा खाएर गर्‍यो भन्ने खालको छ । अभियोग पत्र कमजोर बनाएर ल्याएको छ । सहकारी ऐनको कसुर गरेर ल्याएको थियो भने हजुरलाई अप्‍ठयारो हुन्थ्यो । किनभने ऐनका सबै कुराहरू थिए । के के थिए । ठगी त केही गरी देखिदैन । ठग्दै नगठेको कुरामा मानिसलाई थुन्न हुन्छ त हजुर ?

न्यायाधीशः त्यो त हो कि हुनलाई म त्यो कुरामा कन्भिन्स छु । तर के भनेदेखि ।

त्यस्तो क्या हजुर त्यो मध्येका केही मानिस मेरो घर र अफिसम आइसकेका छन् । तलाई ठीक गर्छु भनिसके । बहस नै गर्न सक्नेलाई पनि नभन्ने भन्ने हुन्न । रामप्रसाद श्रेष्‍ठ भन्ने मेरो क्लाइन्ट रहेछ त्यसको १० कि १२ करोड रहेछ  । रिसाउँदै आएका थिए । तपाई त इमान्दार वकिल भनेको त तामाङको पक्षमा बहस गर्नुभयो भन्दै आएका थिए ।

न्यायाधीशः हिजो डिल्ली प्रसाद भट्टराई भन्ने आठराईको हो । वकिललाई त्यसो भन्नु हुन्छ । वहाँको पेशा हो । धर्म हो भने । हत त्यस्तो भन्नु हुन्न भने त्यसो भन्छन् ।

अधिवक्ता पोख्रेलः भन्छन् के । यस्तो के मैले त सुरु देखिनै हजुरलाई भनेको थिए ।

न्यायाधीशः सुन्नु न त जाहेरीवालाको वकिल केशव बराल के रे ?

अधिवक्ता पोख्रेलः होइन रमेश बडाल ।

न्यायाधीशः को रे रमेश बडाल बहस गर्न आउने रे ?

अधिवक्ता पोख्रेलः बहस गर्न त पाइयो नि हजुर ।

न्यायाधीशः आज दिनभरी लागि हाल्छ । आजभोली हुन सक्तैन । त्यसले गर्दा फेरि, सुन्नुस न । बर्बाद हुन्छ नि त ।

अधिवक्ता पोख्रेलः केही हुँदैन । केही हुन्न ।

न्यायाधीशः हँ ।

अधिवक्ता पोख्रेलः म माथि गराउँछु । माथिबाट संकेत आएन नगरिस्यो न हगी । माथिबाट म गराउँछु । अनि लिने कुरा पनि म लिन्छु । अलि राम्रै ढङ्गले लिउ । यो अवसर सधै आउदैन हेरिस्यो हगि । फेरि ठाउँ भएको ठाउँ छ । ठाउँ नभएको भए हजुर के भन्या तैले भन्नु हुन्थ्यो । मैलेचाहिं अब हजुरले त सुरुदेखि नै अलिअलि मानसिकता बनाएको मैले बरु ।

न्यायाधीशः प्रधानान्यायाधीश भन्छन् त ? प्रधानान्याधीशले उनलाई ।

अधिवक्ता पोख्रेलः भन्छन । म मनाउँछु । लु मैले अब भन्न लगाएँ । अब बाँकी कुरा गर्नु न तपाई । आज चिया समयमा तपाईलाई संकेत गर्छ ।

न्यायाधीशः ल हेर्नु न ।

अधिवक्ता पोख्रेलः ल हेरौ न होइन । मैले त्यति गरिसकेपछि हजुरले फेरि नाइ भने ?

न्यायाधीशः आज हुँदैन । भोलि हुन्छ भने पछि आज मुद्दा रोकिने कुरा छैन । हैन ।

अधिवक्ता पोख्रेलः सामान पनि ल्याओ भन्नु पर्‍यो। ऊ गर्नु पर्‍यो । त्यतिकै फोगटिया त किन गर्ने फेरि समय छैन नि त । हैन किन उ गरिस्या भन्या । सबैकुरा गरिसकेपछि यस्तो बेलामा उ गर्नु हुन्न। सबै कुरा म गरिहाल्छु । बाहिर माथि पनि म भनाउँछु । सामान पनि म लिन्छु । त्यो भन्दा बाहिर अन्त कहीं एक्सोपज हुँदैन । केही हुँदैन । डाइरेक्ट डिल गर्छु मैले । यिनीहरूका सबै च्यानल हावा खाए । खासैमा दरोसँग यिनीहरू जान सकेनन् ।

न्यायाधीशः धरौटी माग्छन नि, कति माग्ने? कति भन्नु त ?

अधिवक्ता पोख्रेलः हजुरले कति भन्नुहुन्छ । एउटा रिजनेबल भन्नु न ।

न्यायाधीशः कति माग्ने त ?

अधिवक्ता पोख्रेलः १० करोड हाराहारीमा माग्नु नि ।

न्यायाधीशः कति, १० करोड ? ठिक छ,  हुन्छ । अप्ठयारो पर्दैन ।

अधिवक्ता पोख्रेलः पर्दैन, पर्दैन । सधैँ यस्तो आउँदैन अरू बेला गर्ने, यस्तो बेलामा एक दई वटा सिद्धान्त छाट्ने गर्ने । जाहेरकर्ताको हित भन्ने । पासपोर्ट रोक्ने । कुन्नी के के गर्ने । एक दुई वटा, एक दुई वटा आइडिया निकाल्ने हजुर ।

न्यायाधीशः अँ

अधिवक्ता पोख्रेलः त्यो गरौ। यतातिर झ्याप्पै २ जति लिउ न ।

न्यायाधीशः अँ

अधिवक्ता पोख्रेलः माथिबाट हुन्छ । तपाई ए राम प्रसाद सर । अहिले गएर मैले गएर नमस्ते गरेर मैले मेरो यति काम तैले गर्नुपर्छ भन्दा गरेन भने त यो जति खुद्रागत को हुन्छ त?  पैसा खाएर लालकाजीको बारेमा उहिलेदेखि यत्रो गरिरहेको छ, हैन त ?

न्यायाधीशः उनीहरूले गर्ने ?

अधिवक्ता पोख्रेलः उनीहरूले त गर्ने नी ।

न्यायाधीशः ए अँ

अधिवक्ता पोख्रेलः होइन अब मैले यो यो कारणले तैले गर्नु पर्छ भन्दा किन नगर्ने ? फेरि गर्न नुहने चिज भए हुने । यो त उही लिगल्ली तपाई कन्भिन्स भएको, खाली मिडियाले के गर्लाकी कस्ले के गर्लाकी भनेर न हो ?

न्यायाधीशः मिडियाले फेरि नारा जुलुस गर्लान कि ?

अधिवक्ता पोख्रेलः  केही गर्दैन । त्यो केही गर्दैनन । नारा जुलुस केही गर्दैनन् । माथि जान्छ । माथिबाट उ पनि भएर आउछ । माथिबाट तपाइको आदेश सदर गर्ने जिम्मा मेरो । तपाइ किन आत्तिएको हो त ?

न्यायाधीशः त्यही त ।

अधिवक्ता पोख्रेलः  पहिला पास हुँदैन कि भन्ने थियो । मुद्दा सबै हेरिसकेपछि यो त तपाइले सक्नु भएन भने माथिकाले सक्छन् । बेकारमा अर्काका छोराछोरी उ गरेको किन गर्नुहुन्छ ? तपाइ आफ्नै गरुन ।

न्यायाधीशः त्यो त हो कि ठिकै छ माथिबाट भन्नु  ।

अधिवक्ता पोख्रेलः  ठिक छ म भन्न लगाउछु । माथिबाट भन्न लगाउँछु । पैसा म बेलुकी समाती सक्छु ।

न्यायाधीशः ठिकै छ, बुझे त । १० करोड भन्दा धरौटी ५० करोड माग्नुपर्छ कि ?

अधिवक्ता पोख्रेलः  ५० करोड माग्नुभन्दा त यसै यसै थुने भइगो नि त्यसलाई ।

न्यायाधीशः १० करोड भनेको १० करोड हुन्छ त भन्या ।

अधिवक्ता पोख्रेलः  १० करोड भनेको सानो पैसा होइन ।

न्यायाधीशः सुन्नुन न पत्रिकामा आउछ कि ? डर लाग्छ । जागिर खान्छन कि भन्ने डर लाग्छ ।

अधिवक्ता पोख्रेलः   कसरी खान्छ जागिर । उच्चमा सरकारी वकिल जान्छ । सदर गराएर ल्याउने काम मेरो हो । अनि कसरी जागिर जान्छ ?

न्यायाधीशः सदर भएन भने ? बदर भयो भने ? पत्रिकामा आयो भने ?

अधिवक्ता पोख्रेलः  कस्तो कुरा गरिस्यो होला । पत्रिकामा आएकै आधारमा गर्ने हो भने त हजुर जस्तो न्यायाधीश भएको के काम ? यो पत्रिकामा आउने यो उ गर्ने हो भने त त्यसै तारिखमा छोड्नुपर्ने मान्छे छ । इस्युको आधारमा त तारिखमा छोड्नु पर्ने । हैन हैन हजुरले साह्रै खुट्टा कमाउने टेक्तै टेक्तिन भन्ने हो भने त नगरौ कुरा । हैन माथिबाट कुरा आउदा पनि ।

न्यायाधीशः म डराएकै हो । भोलि पत्रिकामा आएर छयाल्ल ब्याल्ल भएर के भयो भनेदेखि ?

अधिवक्ता पोख्रेलः  एउटा त्यसो भए किन बेकारमा गोला तान्ने त ? त्यो अर्काकोमै परेको भए हुन्थ्यो । यत्रो यो एक डेढ महिनाको टेन्सन । बेकारको झर्को उ किन गरिराख्या त ? अब ठाउँ नभएको भए एउटा कुरा हुन्थ्यो क्या ?

न्यायाधीशः तान्दाखेरि परेको क्या । बुढी मानिसको त। उ गर्दा त । मान्छेको त ।

अधिवक्ता पोख्रेलः  उनीहरूको पक्षमा पनि दुई चार कुरा लेखौला नि हजुर । विदेश जान नपाउने,  पासपोर्ट उ गर्ने । उसमा बस्नु पर्ने भन्ने । के के हुन्छ । मलाई पनि सबै कहाँ थाहा हुन्छ र ? हजुरलाई सबै आइडिया छ नि  ।

न्यायाधीशः मैले सल्लाह गर्छु नि त । हाम्रो गुरुज्युसँग सोध्छु नि त ।

अधिवक्ता पोख्रेलः  अब के गरु त ? प्रधान्यायाधीशसँग समय लिउँ ।

न्यायाधीशः अहिले ? भन्न त भन्छ ?

अधिवक्ता पोख्रेलः शत प्रतिशत भन्छ ।

न्यायाधीशः हो ?

अधिवक्ता पोख्रेलः १ नम्बरलाई बोलाएर भनिदिन्छ ल ।

न्यायाधीशः कसलाई ? १ नम्बरलाई बोलाएर, त्यही भन्या होइन त हजुरले ?

अधिवक्ता पोख्रेलः  राजुलाई बोलाएर भन्न लगाएर, राजुले तपाइलाई भन्छ ।

न्यायाधीशः ल भन्नु न त । जे गरौला गरौला । नत्र ।

अधिवक्ता पोख्रेलः ल ल । मैले सुरु गरे है त । त्यहाँबाट आएपछि हजुरलेपछि हट्न पाइसिन्न नि । अरुसँग धेरैसँग कुरा नगरिस्य्यो नि फेरि । तपाइ र म मात्र ।

न्यायाधीशः पैसाको कुरा गर्दै गर्दिन नि ।

अधिवक्ता पोख्रेलः अम्बिका सम्बिका सँग भयो भने त यो कुरा कहाँ कहाँ पुग्छ नि ।

न्यायाधीशः यो त तपाई र मेरो कुरा हो नि ।


Author

थप समाचार
x