अदालत

प्रधानन्यायाधीश राणाको महाअभियोग सिफारिस समितिको पहिलो बैठक आज

इकागज |
भदौ १, २०७९ बुधबार १०:११ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग अध्ययन गर्न प्रतिनिधिसभाले गठन गरेको महाभियोग सिफारिस समितिको पहिलो बैठक आज बस्दैछ । 

गत १ फागुनमा महाअभियोगबाट निलम्बित भएका प्रधानन्यायाधीश राणालाई महाअधियोग लगाउन हुने हो कि नहुने ? भन्ने बारेमा सिफारिस गर्न बनेको उक्त समितिको पहिलो बैठकमा सभापति चयन, कार्यविधिलगायतका विषयमा छलफल हुने छन् ।


प्रतिनिधिसभाले २३ फागुनमा छानबिनका लागि महाभियोग प्रस्ताव समितिमा गठन गरे पनि बैठक भने अझै बस्ने सकेको थिएन । प्रतिनिधिसभाले सो बारेमा लामो समयपछि समितिलाई अध्ययन गरी सिफारिस गर्नका लागि अनुमुति दिए पछि पहिलो बैठक बस्न लागेको हो  ।

जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीका सांसदहरूले गत १ फागुनमा प्रतिनिधिसभामा महाभियोग दर्ता गराएका थिए ।


Author

थप समाचार
x