अदालत

मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जनाकाे नाम सिफारिस

इकागज |
असोज २, २०७९ आइतबार १८:१८ बजे

काठमाडौँ- न्याय परिषदले आगामी निर्वाचनका लागि ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको छ । 

परिषदले आउँदो ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा मुख्य निर्वाचन अधिकृतमा खटाउने गरी ७७ जना जिल्ला न्यायाधीशको नाम सिफारिस गरेको हो । 


साथै १७ जना जिल्ला न्यायाधीशलाई जगेडाको रूपमा खटाउने गरी नाम सिफारिस गरिएको छ । न्याय सेवाका ८८ जना कर्मचारीलाई निर्वाचन अधिकृतमा खटाउने गरी नाम सिफारिस गरिएको छ । 

निर्वाचनका लागि खटाउने कर्मचारीको नाम सम्बन्धित कार्यालयले सिफारिस गरेपछि निर्वाचन आयोगले उनीलाई नियुक्त गरी काममा लगाउने संवैधानिक व्यवस्था छ । 


Author

थप समाचार
x