अदालत

सुनवाइ समितिमा न्यायाधीश कार्कीका उजुरीकर्तासँग छलफल हुने

इकागज |
जेठ ३१, २०८० बुधबार ९:१२ बजे

काठमाडौँ- आज संसदीय सुनवाई समितिको बैठक बस्दैछ ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका उजुरीकर्ताहरूसँग छलफल गर्नका लागि उक्त बैठक बस्न लागेको हो । 


संघीय संसद्‌ सचिवालयका उपसचिव विमला घिमिरेका अनुसार बैठक ११ बजे सिंहदरबारमा बस्नेछ ।  

सर्वोच्च अदालतका न्यायाधीश कार्कीलाई संवैधानिक परिषद्‌ले प्रधानन्यायाधीशका लागि सिफारिस गरेपछि संसदीय सुनवाइ समितिले सुनवाइ सुरू गरेको छ ।  

उनीविरूद्ध समितिमा २९ वटा उजुरी परेको छ ।

 


Author

थप समाचार
x