अदालत

खाण छुट्ने कि नछुट्ने केही बेरमा फैसला आउँदै

इकागज |
मंसिर १५, २०८० शुक्रबार १५:५५ बजे

फाइल तस्बिर

काठमाडौँ -  नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेकाहरू छुट्ने कि थुनामा नै रहने भन्नेमा केही बेरमा फैसाला आउन लागेको छ ।

हाल सो प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाइ थुनामुक्त गराउनु पर्ने मागसहित गरिएको जवाफी बहस सकिएकाले आज फैसाला आउने सम्भावना रहेको जनाइएको छ ।


अदालतमा जवाफी बहसमा खाडलगायत थुनामा रहेकाहरुको पक्षबाट वकिलहरूले उनीहरुलाइ थुनामुक्त गरेर मुद्दा चलाउन माग गरेका छन् ।

जससँगै नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोडभन्दा बढी ठगी गरेको प्रकरणमा हाल थुनामा रहेका नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्व गृहमन्त्री खाणलगायतको मुद्दामा केही बेरमा फैसाला आउन लागेको हो ।

 आज आउने फैसालाले खाड लगायत थुनामा रहने कि बाहिर बसेर मुद्दा चलाउने भन्नेमा निक्र्यौल हुनेछ । उच्च अदालतमा अहिले भीड बढेको छ । 
 


Author

थप समाचार
x