अदालत

सन्दीप लामिछानेविरुद्धको मुद्दा न्यायाधीश पाण्डेयको इजलासमा

इकागज |
मंसिर २४, २०८० आइतबार ११:४६ बजे

काठमाडौं - क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा परेको छ । सन्दीपविरुद्धको सो मुद्दाको पेसी आइतबार न्यायाधीश पाण्डेयको इजलासको पहिलो नम्बरमा परेको हो ।  

सो मुद्दामा वादी र प्रतिवादी दुवै पक्षले बहस नोट बुझाइसकेका छन् । तर, पटक–पटक सुनुवाइ स्थगित हुँदै आएको थियो । आइतबार बहस नोट बुझाएपछि सो मुद्दाको पहिलो पटक पेसीमा चढेको हो।



Author

थप समाचार
x