अदालत

खाणको मुद्दा न्यायाधीश कोइरालाको इजलासमा, छुट्ने वा थुनामै रहने आजै थाहा हुने

इकागज |
मंसिर २८, २०८० बिहीबार १२:२ बजे

फाइल फोटो

काठमाडौँ - पूर्व गृहमन्त्री बालकृष्ण खाणको मुद्दा न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा परेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल रहेका खाणको मुद्दा उच्च अदालत पाटनका न्यायाधीश कोइरालाको इजलासमा परेको हो ।

सो मुद्दामा न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा गत मंसिर १५ गते राय बाझिएको थियो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा सो मुद्दा पठाउने निर्णय भएको थियो ।  


न्यायाधीश पाण्डेले खाणलाई धरौटीमा रिहा गर्ने आदेश दिएका थिए भने खरेलले थुनामै राख्नुपर्ने राय दिएका थिए । उनीहरुको रायमा कसको निर्णय निर्णायक हुने भन्ने न्यायाधीश कोइरालाको आजको इजलासले निर्धारण गर्छ । खाण छुट्छन या थुनामै रहन्छन् आजै थाहा हुन्छ । 


Author

थप समाचार
x