अदालत

आरती साहका श्रीमान् मोतीबाबु पक्राउ

इकागज |
पुस ९, २०८० सोमबार १२:४९ बजे

फाइल तस्बिर

काठमाडौं - प्रहरीले आरती साहका श्रीमान्लाई पक्राउ गरेको छ ।  सर्वोच्च अदालतको आदेशसँगै आरतीका श्रीमान् मोतीबावुलाई पक्राउ गरेको हो । उनलाई जनकपुर प्रहरीले पक्राउ गरेको हो । यसअघि पक्राउ परेका उनी उच्च अदालत जनकपुरको आदेशपछि छुटेका थिए । मोतीबावुलाई मंसिर २० गते सर्वोच्च अदालतले पुनः पक्राउ गरेर थुनामा राख्न आदेश गरेको थियो ।

आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा गत जेठ ७ गते मृत अवस्थामा फेला परेकी आरतीको हत्या भएको उल्लेख गर्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 


निजहरुविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय धनुषाले गत असार १ गते जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । अदालतले थुनछेक बहसपछि गत असार ५ गते आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उच्च अदालत जनकपुरले तत्काल प्राप्त प्रमाणका आधारमा आरतीका पति र ससुरालाई थुनामा राख्न आवश्यक नदेखिएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । अदालतको उक्त आदेशपछि आरतीका आमाबुवा काठमाडौंको माइतीघरमा महिनाैं धर्नामा बसेका थिए ।​ 

आरती र मोतीबाबुबीच असार २०७७ असार २९ गते विवाह भएको थियो । दाइजोको निहुँमा पति र ससुराबाट आरतीले धेरै यातना दिएर मृत्युको भएको माइती पक्षको आरोप छ । 


Author

थप समाचार
x