अदालत

कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने न्यायपालिका टुलुटुलु हेरेर बस्‍न मिल्दैन : वरिष्ठ अधिवक्ता भट्टराई

इकागज |
जेठ २३, २०७८ आइतबार १६:३७ बजे

फाइल तस्बिर

काठमाडौँ । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले न्यायपालिकालाई कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भनेर टुलुटुलु हेरेर बस्न नमिल्ने तर्क गरेका छन् । उनले संविधानलाई, न्यायालयलाई, लोकतन्त्रलाई कहाँ लगिँदैछ भन्दै प्रश्नसमेत गरे । भट्टराईले अदालतको फैसला प्रभावित पार्न के खोजिएको भन्दै सर्वाेच्च अदालत टुलुटुलु हेरेर बस्न नमिल्ने पनि बताए ।

‘संविधानलाई कहाँ लगिदैछ ?, न्यायालयलाई कहाँ लगिदैछ ? लोकतन्त्रलाई कहाँ लगिदैछ ? त्यसको सन्च्छिप्त प्रयत्न यहाँ गरिदैँछ,’ उनले भने, ‘अदालतको फैसलालाई प्रभावित पार्न के गरिएको रहेछ ? कार्यपालिकाले हस्तक्षेप गर्न खोज्छ भने न्यायपालिकाले टुलुटुलु हेरेर बस्न मिल्दैन ।’


उनले कार्यपालिका मनसाय निस्तेज पार्ने फैसला न्यायापालिकाले गर्नुपर्ने पनि राय पेस गरे । ‘कार्यपालिकाको मनसाय निस्तेज पर्ने फैसला होस्। जुरिसियरीलाई अवरोध पर्ने हाम्रो सहमती होइन श्रीमान्’ उनले भने । 


Author

थप समाचार
x