अदालत

कैलाश सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप

इकागज |
जेठ ९, २०८१ बुधबार १५:५८ बजे

फाइल फाेटाे

काठमाडौं - कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न धनुषा जिल्ला अदालतले म्याद थप गरेको छ ।

बुधबार अदालतमा दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको हो ।


सिरोहियालाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको थियो । प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै गिरफ्तार गरेको थियो ।

जिल्ला अदालत धनुषाको अनुमतिले सिरोहियाविरूद्ध धनुषा प्रहरीले आजै पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरूद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

र, यो पनि

कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

- सत्ता र शक्तिको दुरुपयोग गरेर कान्तिपुरमाथि पटक पटक हस्तक्षेप भयो : कैलाश सिरोहिया

- रिट लिएर सर्वोच्च पुगे सिरोहिया

- ​सिरोहियालाई पक्राउ गर्न प्रहरीको टोली कान्तिपुरको कार्यालयमा पुग्यो

- सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिनु र पक्राउ गर्न प्रहरी कार्यालयमा पुग्नु अस्वीकार्य कदम : सिके राउत

कैलाश सिरोहिया निर्दोश छन्, सजिलै छुट्‌छन् : प्रधानमन्त्री प्रचण्ड

धनुषा प्रहरीले देखेको यी ६ कारण र आधार : जसले पक्राउ परे कैलाश सिरोहिया

कैलाश सिरोहिया धनुषा प्रहरीको हिरासतमा

 


Author

थप समाचार
x