अदालत

प्रतिनिधि सभा विघटन मुद्दा

देउवाका वकिलको दाबी : वैकल्पिक सरकार बन्ने अवस्थामा संसद् विघटन गर्न मिल्दैन

इकागज |
असार ९, २०७८ बुधबार १२:३० बजे

काठमाडौँ : अधिवक्‍ता खम्बबहादुर खातीले वैकल्‍पिक सरकार बन्‍ने अवस्‍थामा संसद् विघटन गर्न नमिलन्ने दाबी गरेका छन् । संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकका तर्फबाट बहसमा भाग लिँदै देउवाका वकिलसमेत रहेका खातीले वैकल्पिक सरकार बन्ने विकल्प हुँदाहुँदै मध्यरातमा संसद् विघटन गरिएको जिकिर गरे । 

'संविधानले जबसम्म विकल्प रहन्छ तबसम्म संसद् विघटन गर्न सक्दैन भन्ने परिकल्पना गरेको छ,' उनले भने, '१४९ जनाको समर्थन छ । वैकल्पिक सरकार भनेको केपी ओलीसहितको नभई ओलीरहितको भन्ने विषय हो । प्रतिनिधि सभाको १४९ को सदस्यको मत प्राप्त शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्छ । राष्ट्रपति सेरेमोनियल किङ जस्तै हो । कुनै पनि प्रतिनिधि सभा दलीय व्यवस्था लागू हुन्छ कि हुँदैन ? प्रधानमन्त्रीले राजीनामा दिए पनि/नदिए पनि उहाँ प्रधानमन्त्री पदबाट मुक्त भएको अवस्था हो। प्रतिनिधि सभाको विघटन ७६(७) मा प्रधानमन्त्रीले ५ को बमोजिम सरकार गठन नभएमा राष्ट्रपतिले वैकल्पिक सरकारको मार्गप्रशस्त गर्ने उल्लेख छ । वैकल्पिक सरकार बन्ने देखिएपछि मध्यरातमा संसद् विघटन भएको देखिन्छ ।'  


दुवै जनाको दाबी नपुग्‍ने भन्‍नेमा धेरै बहसको गुन्‍जाइस नभएको उनले दाबी गरे । '१४९ जनाको दाबी पेस गरेको मान्यता दिने, १५३ जनाको दाबी हुने भन्ने बहसको विषय हो । यसरी हेर्दा प्रतिनिधि सभामा ३०२ जना हुने रहेछ । प्रतिनिधि सभामा ३०२ जना हुने अवस्था छैन । दुवै जनाको दाबी नपुग्ने भन्दै केपी शर्मा ओलीलाई निरन्तरता दिइएको पाइयो । व्याख्याको धेरै गुन्जाइस पनि देखिदैन,' उनले भने ।  


Author

थप समाचार
x