अधिवक्ता बन्दीले भने,'राष्ट्रपति र प्रधानमन्त्रीले संविधानलाई टुक्राटुक्रा पार्नुभो'
काठमाडौँ : अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संविधान टुक्राटुक्रा पारेको आरोप लगाएका छन् । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलासमा बुधबार बहस गर्दै बन्दीले यस्तो बताएका छन् ।
'राष्ट्रपति र प्रधानमन्त्रीले संविधान टुक्राटुक्रा पार्नुभयो । यो टोलेरेबल (सह्य) छैन, शेरबहादुरलाई समर्थन नगर्नु भनेर ह्वीप लाउँदा सांसदले पद दाउमा राखेर गर्छ भने राष्ट्रपतिको किन टाउको दुखाई ? महन्थ ठाकुर र राजेन्द्र महतोलाई देखाएर प्रतिदाबी हाल्ने ओलीले ? यो मिल्दैन', बन्दीले भने,'त्यो पर्दैन भनेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई गोल्डेन गेटजस्तो बनाउनुभयो ।'
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया