अदालत

प्रतिनिधि सभा विघटनसम्‍बन्‍धी मुद्दा

'राष्ट्रपतिले अधिकार प्रयोग गर्ने होइन,कर्तव्य निभाउने हो'

इकागज |
असार ९, २०७८ बुधबार १३:३७ बजे

काठमाडौँ : वरिष्ठ अधिवक्ता महादेव यादवले राष्‍ट्रपतिलाई दाबी पुगेन भन्‍ने अधिकार नभएको जिकिर गरका छन् । प्रतिनिध सभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा बहस गर्दै वरिष्‍ठ अधिवक्‍ता यादवले राष्‍ट्रपतिले अधिकार प्रयोग गर्ने नभइ कर्तव्य निभाउने मात्रै भएको जिकिर गरे । 'राष्ट्रपतिले अधिकार प्रयोग गर्ने होइन । कर्तव्य निभाउने हो,' उनले भने, 'यसलाई बनाउने उसलाई बनाउने भन्ने होइन । गर्ने भने पछि गर्ने हो । दाबी पुगेन भन्न मिल्दैन । यो अधिकार छैन । धारा ९९ को अधिकार उहाँलाई होइन । संसदको अधिकार हो ।' 

उनले संविधानको धारा ७६(५) अनुसार दलको समर्थनमा नभइ व्‍यक्‍तिको समर्थनमा सरकार बन्‍ने दाबी गरे । 


उनको दाबीपछि प्रधानन्यायाधीश चोलेन्‍द्रबमशेर जबराले प्रश्न गरे, 'यसको विषयमा संविधानसभामा कुनै छलफल भएको म्यान्डेट छैन?' जवाफमा वरिष‍्‍ठ अधिवक्‍ता यादवले भने, 'यसबारे जानकारी छैन । तर उपधारा ५ मा ७६ (२) को भनेको दल होइन । दलीय भनेको होइन ।  प्रतिनिधिसभा सदस्य नै हो ।'


Author

थप समाचार
x