अदालत

डिआइजी श्रेष्ठ पुनः बर्खास्त

इकागज |
साउन १३, २०७८ बुधबार १६:४८ बजे

काठमाडौँ - सशस्त्र प्रहरीका डिआइजी प्रविण श्रेष्ठ पुन पदमुक्त भएका छन् । सर्वाेच्च अदालतको अन्तरकालीन आदेशबाट पुनर्वहाली भएका श्रेष्ठको मुद्दालाई प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले सुनुवाइ गर्दै पुनः पदमुक्त गरेको हो । योसँगै पुनर्बहालीका लागि दिइएको अन्तरिम आदेश पनि खारेज गरेको हो ।

यसअघि श्रेष्ठको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले अन्तरिम आदेशबाट पुनर्बहाली गरेको थियो  । 



Author

थप समाचार
x