अदालत

अख्तियारका पूर्वप्रमुख बस्‍न्‍यातलाई थुनामा राख्‍न विशेषको आदेश

इकागज |
मंसिर २८, २०७७ आइतबार १९:० बजे

तस्बिर : सरोज बैजु/इकागज

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्‍न्‍यातलाई विशेष अदालतले थुनामा पठाएको छ । विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की र न्यायाधीसद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले उनलाई पुर्पक्षका थुनामा पठाउन आदेश दिएको हो । 

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त बस्न्यातलाई विशेषले फैसला नआएसम्म थुनामै राख्‍न आदेश दिएको हो । 


बस्न्यातले भौतिक योजना निर्माण मन्त्रालयको सचिव हुँदा गरेको निर्णयमा भ्रष्टाचार भएको ठहर सहित अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीमाथि ९ कराड ६५ लाख ७६ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेको छ । 


Author

थप समाचार
x