नेपालको न्यायालय सक्षम छ भन्ने पुष्टि भयो, ओलीले दण्ड पाए : भीमार्जुन आचार्य
फाइल तस्बिर
काठमाडौँ : संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएर नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि गरेको बताएका छन् । इकागजसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले भने, ‘यो फैसलाबाट नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि भयो । न्यायालयको यो साहसलाई सम्मान छ ।’
उनले विधिको शासन पुनर्वहाली भएको पनि बताए ।
‘विधिको शासन पुनर्वहाली भएको छ । फैसलाले ओलीलाई दण्ड पनि दियो,’ उनले भने, ‘ विदेशीहरुको क्रिडास्थल बन्नबाट केही हदसम्म जोगियो । नेपालको न्यायलयको र संविधानको साख जोगियो ।’
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया