कोभिड-१९

थप १६ जनामा कोभिड पुष्टि

इकागज |
जेठ १०, २०७९ मंगलबार १७:२१ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा थप १६ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ९ सय ९८ पीसीआर परीक्षणका क्रममा ११ जना र ९ सय २२ एन्टीजेन परीक्षणका क्रममा ५ जनामा कोभिड पुष्टि भएको हो । 

कोभिडका कारण मंगलबार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप ११ संक्रमित कोभिडमुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ जना निको भएका छन् । हाल नेपालमा १ सय ३३ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x