कोभिड-१९

भारतबाट फर्किएकामा देखिन थाल्यो कोभिड

इकागज |
जेठ २१, २०७९ शनिबार १६:१५ बजे

फाइल फोटो

बैतडी - कोभिड संक्रमण देखिन थालेको छ ।   यहाँ थप एक जनामा कोभिड  संक्रमण देखापरेको हो ।  

शुक्रबार २१६ जनामा  परीक्षण गर्दा एक जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।  स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोभिड  देखिएको निर्देशनालयले जनाएको छ ।  


कोभिड  संक्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कता अनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारी छ । 

यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोभिड  परीक्षण कार्य जारी रहेको हो । सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टिजेन विधिमार्फत कोभिड  परीक्षण  भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । 

भारतमा अझै पनि संक्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ थियो ।  

यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोभिड  परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा संक्रमण देखिएकामा  हालसम्म ६३३ जनाको ज्यान गइसकेको  जनाइएको छ । रासस


Author

थप समाचार
x