कोभिड-१९

थप ३४ जनामा कोभिड पुष्टि

इकागज |
असार ३, २०७९ शुक्रबार १७:४१ बजे

फाइल फोटो

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोभिड संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६१० जनाको नमुना परीक्षण गर्दा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही समयमा १५ जना संक्रमण मुक्त भएका छन् । आज थपिएकासँगै नेपालमा हाल कोभिडका १०४ जना संक्रिय संक्रमित रहेका छन् । 


स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार ३३७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । 


Author

थप समाचार
x