कोभिड-१९

थप १४ जनामा कोभिड पुष्टि

इकागज |
असार ४, २०७९ शनिबार १६:१९ बजे

काठमाडौँ -  नेपालमा थप १४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९० पिसिआर परीक्षणमा ११ जना र ९ सय ४४ एन्टीजेन परीक्षणमा ३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको हो । कोभिड  का कारण शनिबार पनि कसैको मृत्यु भएको छैन ।


त्यस्तै थप ११ संक्रमित कोभिड मुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ८८ जना निको भएका छन् । हाल नेपालमा १ सय ४ सक्रिय संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x