कोभिड-१९

थप ४३ जनामा कोभिड संक्रमण पुष्टि

इकागज |
असार १०, २०७९ शुक्रबार १७:३७ बजे

काठमाडौँ- नेपालमा थप ४३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ८ सय ५२ पिसिआर परीक्षणका क्रममा ३२ जना र १ हजार ७ सय ३ एन्टिजेन परीक्षणका क्रममा ११ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार पनि कसैको मृत्यु भएको छैन ।


त्यस्तै थप १४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ५६ जना निको भएका छन् । हाल नेपालमा १ सय ८१ सक्रिय संक्रमित आइसोलसेनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x