कोभिड-१९

एकैदिन थपिए ८ सय ९५ संक्रमित

इकागज |
साउन १६, २०७९ सोमबार १६:२६ बजे

फाइल तस्बिर

काठमाडौँ- देशभर ८९५ जनामा कोभिड-१९ संक्रमित पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा २६३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म देशभरबाट ९ लाख ७० हजार ३२६ जना संक्रमणमुक्त भएका छन् ।


त्यसैगरी आज मात्र १ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म देशभरबाट ११ हजार ९६८ संक्रमितको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ४ हजार ९३४ जना छन् । आज मात्र ३३ हजार १७६ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।


Author

थप समाचार
x