कोभिड-१९

दुई संक्रमितको मृत्यु, ७८१ जना नयाँ थपिए

इकागज |
साउन २७, २०७९ शुक्रबार १५:५८ बजे

फाइल फोटो

काठमाडौँ - पछिल्लो चौबिस घण्टामा देशभर कोभिड भाइरसको ७८१ जना नयाँ संक्रमित थपिएका छन् । सोही समयमा ५११ जना संक्रमित निको भएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल ४ हजार ७१२ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । 
सो अवधिमा २ हजार २९० जनाको पीसीआर र २ हजार ४२२ जनाको एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिएको थियो । 


बितेको चौबिस घण्टामा दुई जना कोभिड संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोभिड संक्रमितको संख्या ५ हजार ७७५ रहेको छ । 


Author

थप समाचार
x