कोभिड-१९

हाल देशभर २ हजार ५ सय २८ जना सक्रिय संक्रमित

इकागज |
भदौ १९, २०७९ आइतबार १६:३१ बजे

काठमाडौँ- नेपालमा थप १ सय ४२ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ७ सय ५६ पिसिआर परीक्षणका क्रममा १ सय १६ जना र १ हजार ६ सय ९४ पिसिआर परीक्षणका क्रममा २६ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण आइतबार कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप २ सय ३० जना निको भएका छन् । हाल नेपालमा २ हजार ५ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x