कोभिड-१९

थपिए २२७ जना कोभिड संक्रमित, एकको मृत्यु

इकागज |
भदौ २३, २०७९ बिहीबार १६:३८ बजे

काठमाडौँ- पछिल्लो चौबिस घण्टामा देशभर कोभिड-१९ बाट २२७ जना नयाँ संक्रमित थपिएका छन् । 

कूल ४ हजार ४०१ जनाको स्वास्थ्य परीक्षण गर्दा उक्त संख्यामा कोभिड संक्रमण भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


बितेको चौबिस घण्टामा पीसीआर विधिबाट १ हजार ५१८ र एन्टीजेन विधिबाट २ हजार ८८३ जनाको कोभिड परीक्षण गरिएको थियो । 

सोही अवधिमा कोभिडबाट एक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

हाल देशमा सक्रिय कोभिड संक्रमितको संख्या २ हजार ४७३ रहेको छ । बितेको चौबिस घण्टामा १६८ जना संक्रमित निको भएका छन् । 


Author

थप समाचार
x