कोभिड-१९

थप १ सय ७९ जनामा कोभिड संक्रमण, एककाे मृत्यु

इकागज |
भदौ २७, २०७९ सोमबार १६:३२ बजे

काठमाडौँ- नेपालमा थप १ सय ७९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ६ सय पिसिआर परीक्षणका क्रममा १ सय २७ जना र २ हजार ३ सय ५९ एन्टिजेन परीक्षणका क्रममा ५२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप १ सय ७१ जना निको भएका छन् । हाल नेपालमा २ हजार २ सय ७१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x