कोभिड-१९

थप ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि

इकागज |
असोज २५, २०७९ मंगलबार १५:५५ बजे

काठमाडाैं । नेपालमा थप ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको ५ सय ७९ पिसिआर परीक्षणका क्रममा ३५ जना र १ हजार ६ सय ४३ पिसिआर परीक्षणका क्रममा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप २९ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा ५ सय ७५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x