कोभिड-१९

देशभर २ सय ३५ जना काेभिडका सक्रिय संक्रमित

इकागज |
मंसिर १२, २०७९ सोमबार १५:५४ बजे

काठमाडौँ- नेपालमा थप ८ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।​

देशभर गरिएको ६ सय १५ पिसिआर परीक्षणका क्रममा ६ जना र १ हजार ३७ एन्टीजेन परीक्षणका क्रममा २ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण सोमबार पनि कसैको मृत्यु भएको छैन भने थप ३४ संक्रमित निको भएका छन् ।


हाल नेपालमा २ सय ३५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x