कोभिड-१९

हाल देशभर १ सय ५६ जना काेभिड सक्रिय संक्रमित

इकागज |
मंसिर १५, २०७९ बिहीबार १६:३ बजे

काठमाडौँ- नेपालमा थप ५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ३ सय ३७ पिसिआर परीक्षणका क्रममा ५ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या ११ लाख ५३ हजार १ सय ५ पुगेको छ ।


कोभिडका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन भने थप २४ संक्रमित निको भएका छन् ।

हाल नेपालमा १ सय ५६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


Author

थप समाचार
x