कोभिड-१९

६० जना कोभिड-१९ संक्रमित थपिए

इकागज |
बैशाख १७, २०८० आइतबार १७:४२ बजे

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोभिड-१९ संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४७३ नमुनामध्‍ये २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १ हजार २०१ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ६० जनामा कोरोना संक्रमण देखिएको हो ।


यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३२८ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २८ जना, आईसीयूमा ९ जना र भेन्टिलेटरमा १ जना उपचाररत छन् । मन्त्रालयका अनुसार आइतबार मात्रै ५५ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किइसकेका छन् ।


Author

थप समाचार
x