कोभिड-१९

थप १९ जनामा कोरोना संक्रमण, २८३ सक्रिय संक्रमित

इकागज |
बैशाख १८, २०८० सोमबार १७:५५ बजे

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ३७५ जनाको पीसीआर परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा कोरोनाका संक्रिय संक्रमितको संख्या २८३ रहेको छ । हाल संस्थागत आइशोलेशनमा ३२, आइसीयूमा ११ र भेन्टिलेटरमा एक जना उपचाररत छन् ।



Author

थप समाचार
x