कोभिड-१९

गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोभिड संक्रमण

इकागज |
पुस ८, २०८० आइतबार १९:२१ बजे

सांकेतिक तस्बिर

धनगढी- सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट नेपाल भित्रिएका दुई जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ । 

आइतबार भारतबाट फर्किएका ९४ जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोभिड संक्रमण देखिएको हो । ९२ जनामा नेगेटिभ देखिएको छ ।


प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार पछिल्लो समय भारतबाट सुदूरपश्चिममा भित्रिनेमा दिनहुँ कोभिड संक्रमण देखिन थालेको छ ।


Author

थप समाचार
x