समाज

भारतबाट फर्किएका दुई जनामा कोरोना संक्रमण पुष्टि

इकागज |
पुस ४, २०८० बुधबार १९:१८ बजे

धनगढी- सुदूरपश्चिमको गौरीफन्टा नाकाबाट भित्रिएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बुधबार भारतबाट फर्किएका ७० जनाको एन्टीजेन विधिबाट गरिएको स्वास्थ्य परीक्षणमा दुई जनामा कोरोना संक्रमण देखिएको छ भने ६८ जनामा नेगेटिभ देखिएको छ ।


प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार गौरीफन्टा नाकामा गरिएको एन्टीजेन परीक्षणमा दुई जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका अन्य नाकाहरूमा भने कोरोना परीक्षण गरिएको छैन ।


Author

थप समाचार
x