कोभिड-१९

देशभर आज १८० जनामा काेभिड पुष्टि, एकको मृत्‍यु

इकागज |
फागुन १६, २०७८ सोमबार १६:४ बजे

काठमाडाैँ – नेपालमा थप १ सय ८० जनामा काेभिड-१९ पुष्टि भएको छ ।  

देशभर गरिएको ५ हजार २ सय १८ पीसीआर परीक्षणका क्रममा १ सय १९ जना र ३ हजार १ सय २३ एन्टीजेन परीक्षणका क्रममा ६१ जनामा काेभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ ।


हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ३६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

त्यस्तै थप चार सय संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ५६ हजार ४ सय १३ जना निको भएका छन् । हाल नेपालमा ८ हजार २ सय ३५ सक्रिय संक्रमित आइसाेलेसन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x