कोभिड-१९

नेपालमा थप ५१ जनामा कोभिड–१९

इकागज |
चैत ४, २०७८ शुक्रबार १५:२१ बजे

काठमाडौं– नेपालमा थप ५१ जनामा कारोना संक्रमण पुष्टि भएको छ 

देशभर गरिएको २ हजार ५ सय ९२ पिसिआर परीक्षणका क्रममा १२ जना र ३ हजार ३ सय २२ एन्टीजेन परिक्षणका क्रममा ३९ जनामा कोरोना संक्रमण भएको हो । 
त्यस्तै शुक्रबार पनि कोरोनाका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


त्यस्तै थप ३ सय ९२ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६२ हजार १ सय ७३ जना निको भएका छन् । हाल नेपालमा ३ हजार ९ सय ९६ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
 


Author

थप समाचार
x